कला

महेश बाबूले नकारेपछि रणबीरलाई ‘रामायण’ को अफर

एजेन्सी, मुम्बई, 2021/08/20

फिल्म निर्माता मधु मन्टेना चाँडै रामायणमा आधारित भएर ठूलो लगानीमा ‘रामायण थ्रीडी’ निर्माण गर्दैछन् । फिल्ममा बलिउडका ठूला कलाकारहरु एकसाथ देखिँदैछन् । नितिश तिवारीले निर्देशन गर्ने फिल्ममा ॠतिक रोशन र दीपिका पादुकोणले पहिलो पटक एकसाथ काम गर्दैछन् । फिल्ममा ॠतिकले रावणको भूमिका निर्वाह गर्नेछन् भने दीपिका सीता माताको भूमिकामा देखिनेछिन् ।

अहिले निर्माण टिम फिल्ममा भगवान रामको भूमिकाका लागि कलाकारको खोजीमा छ । सबैभन्दा पहिलो साउथ सुपरस्टार महेश बाबूलाई यो रोल अफर गरिएको थियो । तर, उनले ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको फिल्मलाई डेट्स दिइसकेकाले ‘रामायण थ्रीडी’ मा काम गर्न इन्कार गरे । अब यो रोलको अफर बलिउड अभिनेता रणबीर कपूरलाई गरिएको खबर प्राप्त छ ।

निर्देशक नितेश आफैंले रणबीरलाई फिल्म अफर गरेका हुन् । उनलाई लाग्छ कि भगवान रामको चरित्रमा रणबीर पर्फेक्‍ट हुनेछन् । रणबीर यो फिल्ममा काम गर्न सकारात्मक रहेको इन्डिया टाइम्सले उल्लेख गरेको छ । अहिले उनी निर्देशक लव रञ्जनको नयाँ फिल्मको सुटिङमा व्यस्त छन् । उनले चाँडै फिल्ममा काम गर्ने वा नगर्ने विषयमा निर्देशक तिवारीलाई निधो दिने बताइएको छ ।filmykhabar/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button