खेलकुद

लाइप्जिगको सानदार जित

भदौ ५, २०७८

एजेन्सी – जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगले सानदार जित हात पारेको छ । घरेलु मैदानमा लाइप्जिगले भिएफबी स्टुटगार्टमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो ।

रेडबुल एरिना लाइप्जिगमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा डोमिनिक सोबोस्लाईले दुई तथा इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले समान एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा ३ गोल निस्किएको थियो ।

खेलको ३८औं मिनेटमा डोमिनिक सोबोस्लाईको गोलबाट लाइप्जिगले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको शुरुमै इमिल फोर्सवर्गले आन्द्रे सिल्भाको पासमा गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे ।

५२औं मिनेटमा डोमिनिक सोबोस्लाईले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि लाइप्जिग फराकिलो जिततर्फ अग्रसर बन्यो । ६५औं मिनेटमा पोर्चुगिज फरवार्ड आन्द्रे सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै लाइप्जिगलाई ४–० को फराकिलो जित दिलाए ।

यो जितसँगै लाइप्जिग दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । लाइप्जिग पहिलो खेलमा माइन्जसँग १–० ले स्तब्ध बनेको थियो । एक खेल खेलेका होफेनहाइन र बोरुसिय डर्टमुन्ड गोल अन्तरमा पहिलो र दोस्रो स्थानमा रहेको छ । पराजित स्टुटगार्ट समान २ खेलबाटै ३ अंक जोडेर सातौ स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button