मूल खबर

एमाले जिल्ला कमिटी झापा एकीकृत समाजवादीमा समाहित

५ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । नेकपा एमालेको झापा जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ ।

२०७८ साल बैशाख ३ गते माधव नेपाल – झलनाथ खनाल पक्षको नेकपा एमाले झापा जिल्ला कमिटी गठन भएको थियो । सो कमिटीको शनिबार बिर्तामोडमा बसेको बैठकले अहिले माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) उक्त कमिटीलाई समाहित गर्नेनिर्णय गरेको हो । वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको थियो ।कमिटीमा चन्द्रमाया श्रेष्ठ उपाध्यक्ष र नीलमणि बराल सचिव छन् । सो सिंगो कमिटी समाहित भएको जनाइएको छ । रेग्मीको अध्यक्षतामा नरेश खरेलको प्रमुख आतित्थ्यतामा पार्टी सचिव बरालले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष चन्द्रमाया श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु लोकबन्धु कन्दङ्वा, गोपी गिरी,सन्तलाल मेचे, रोमणी भट्टराई, बेदनिधि निराला, धर्मराज शिवाकोटीलगायतको सहभागिता रहेको थियो । विस्तारित बैठकले भदौ १२ गते विस्तारित भेलाको आयोजना गर्ने समेत निर्णय गरेको जनाइएको छ ।

लोकबन्धु सकृय राजनीतिमा
झापाका पुराना कम्युनिष्ट अग्रज कार्यकर्ता लोकबन्धु कन्दङ्गवा सकृय रुपमा राजनीतिमा आउने संकेत देखिएको छ । नेपालको पूर्वी पहाडी क्षेत्रबाट कम्युनिष्ट आन्दोलनमा होमिएका कन्दङ्गवा केही समय यता उति धेरै सकृयताका साथ राजनीतिमा देखिएका थिएनन् । क्रान्तिकारी सोच र चिन्तनलाई कम्युनिष्ट पार्टीले आफ्नो आदर्श मान्नु पर्ने र जनमूखि बन्नु पर्छ भन्ने उनी पछिल्लो केही समय यता सकृय रुपमा राजनीतिमा देखिएकाछन् । झलनाथ खनाल र माधव नेपालका निकट मानिने कन्दङ्गवाको नेकपा( एकिकृत समाजवादी ) पार्टी प्रतिको रुझानले माधव नेपाल नेतृत्वमा गठन भएको समाजवादी पार्टीको संगठन विस्तार र निमार्णमा महत्वपूर्ण भुमिका हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button