कलामूल खबर

जनकलाकार टुहुरेको स्वास्थ्य स्थिति गम्भीर

६ भदौ २०७८
चौतारी पोष्ट अनलाइन

ललितपुर। जन गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

गत मंगलबार काठमाडौंको कलंकीमा स्थित निवासमा एक्कासी टुहुरेलडेपछि उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको टुहुरेको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा सामर्थ सिंहले बताए । टुुहुरेको उपचारमा सम्भव सबै प्रयत्न जारी राखिए पनि अपेक्षाकृत सुधार हुन नसकिरहेको डा सिंहलेबताए ।

टुहुरेको उपचार अहिले भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । न्याय, समानता र स्वतन्त्रताका खातिर टुहुरेले आफ्नो जिवनको सम्पूर्ण समय जनगीति यात्रामा खर्चेकाछन् ।उनले दर्जनौँ जनमुक्तिका गीतमा आफ्नो जिवन्त स्वर भरेकाछन् जो आज पनि आम जनताका आफ्नै गीत बनेर जनमनमा बसेकाछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button