मूल खबरस्वास्थ्य

झापा मेचीनगरकी विष्णुमायाको उपचारका लागि हाम्रो अभियान नेपालले पहल शुरु ग¥यो,उपचारका लागि सहयोग गर्न सबैसँग अपिल

९ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । झापा मेचीनगर ८ कि वर्षीया विष्णुमाया मगरको उपचारका लागि हाम्रो अभियान नेपाल नामक संस्थाले पहल शुरू गरेको छ ।

संस्थाका संयोजक नरेश महराले चौतारी पोष्ट अनलाइनलाई दिएको जानकारी अनुसार अनुहार लगायत शरीरका विभित्र भागमा मासुको डल्ला पलाएर पिडामा रहेकी विष्णुमायाको उपचारका लागिअभियानले काठमाडौं स्थित सुस्मा कोइराला मेमोरियल अस्पताल र त्यहाँका प्लास्टिक सर्जन डाक्टर जस्वान शाक्यसँग परामर्श गरिएको महराले बताए ।

महराले विष्णुमायाँको उपचारका लागि सहयोग गरिदिन सबैलाई अनुरोध समेत गरेको छन् । उनको उपचार खर्च महँगो पर्ने र लामो समय अस्पताल बस्नुपर्ने भएको कारण सबैको सहयोगबाट मात्रै उपचार सम्भव हुने देखिन्छ ।

संस्थाका सचिव विष्णुप्रसाद आचार्यका अनुसार केही दिनभित्रै संस्थाले विष्णुमायाको उपचारका लागि नगरपालिका, सम्बन्धित स्थानिय सरकारका प्रतिनिधि, पत्रकार ,बौद्धिक ब्यक्तित्व, सामाजिक अगुवा, उद्योग ब्यवसायिहरु लगायतका विभिन्न व्यक्ति तथा संस्थाहरूको भेला गराई थप सहजताको निम्ति पहल गरिने बताएका छन्,।

संस्थाले स्थानीय समाजसेवी निर्मला भण्डारीको सहयोग तथा सहजीकरण र स्थानीय जनप्रतिनिधिको सहयोगमा विष्णुमायालाई अपांग भत्ता दिलाउनको लागि परिचयपत्र बनाउन प्रक्रिया अगाडि बढाएको छ ।

यसै गरि विष्णुमायाँको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरूको साझा संस्था देउराली फाउन्डेसनले विष्णुमायाको उपचारका लागि ५० हजार रूपैयाँ आर्थिक सहयोग छ ।

अनुहार लगायत शरीरका विभिन्न भागमा मासु पलाएर पिडामा रहेकी विष्णुमायाको बुवा आमा पनि नरहेको र अहिले उनी काका काकीको घरमा आश्रय लिएर बसेकी छिन्,। विष्णुमायाले कमजोर आर्थिक अवस्थाकै कारण उपचार गर्न नसकेको र आफुले उपचार पाए सहज हुने बताइन् ।

आर्थिक समस्याकै कारण कारण विष्णुमायाँले बर्सौँदेखि आफ्नो अनुहारभरी मासुको डल्लो झुन्ड्याएर हिँडिरहेकि छिन् भने पछिल्लो समय उक्त मासुको डल्लो बढ्दै गएपछि थप समस्या निम्तिएको उनका छिमेकी बताउँछन् ।

मुख र नाक मासुका लुर्काले छोपिइसकेको छ भने आँखा हेर्न समस्या हुँदै गएको छ ।जसका कारण उनलाई खानपिन र हिँडडुलमा समेत कठिनाई भैरहेको छ । उनको अनुहारमा मात्रै नभएर अहिले शरीरका विभिन्न भागमा मासु पलाउँदै गएपछि उनलाई थप समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button