खेलकुद

बेन्फिका, योङ ब्वाइज र माल्मो च्याम्पियन्स लिगमा छनोट

भदौ ९, २०७८

एजेन्सी – पोर्चुगिज क्लब बेन्फिका, स्वीट्जरल्यान्डको योङ ब्वाइज र स्वीस क्लब माल्मो युइएफए च्याम्पियन्स लिगलाई छनोट हुन सफल भएको छ ।

पोर्चुगिज क्लब बेन्फिकाले प्ले अफमा डच क्लब पीएसभी इन्डहोभेनलाई पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको हो । दोस्रो लेग गोलरहित बराबरीमा सकिदा पहिलो लेगको २–१ को नतिजा नै बेन्फिकालाई पर्याप्त बन्यो ।

फिलिप्स स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोली पीएसभीले बेन्फिका १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा उठाउन सकेन । ३२औं मिनेटमा लुकास भेरिससिमो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बेन्फिका १० खेलाडीमा समेटिएको थियो ।

अर्काे खेलमा स्वीट्जरल्यान्डको योङ ब्वाइजले हंगेरीको फेरेन्कभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । प्ले अफको दोस्रो लेगमा ३–२ को तथा समग्रमा ६–४ को जित निकाल्दै योङ ब्वाइजले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

योङ ब्वाइजको जितमा सेडरिक जेसिगर, क्रिस्टियन फासनाट्च र फेलिक्स मामविम्वीले गोल गरे । फेरेन्कभारोसका हेनरी विनगो र रायन माइले गोल गरेपनि हार टार्न सकेन । ६४औं मिनेटमा एइसा लाइडोनी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फेरेन्कभारोस समस्यामा परेको थियो । ७१औं मिनेटमा योङ ब्वाइजले पेनाल्टी सदुपयोग गर्न सकेन ।

यस्तै अर्काे खेलमा स्वीडेनको माल्मोले बुल्गेरियाको लुडोगोरेट्स राजग्राडलाई समग्रमा ३–२ ले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको छ । पहिलो लेगमा २–० को जित निकालेको माल्मोले दोस्रो लेगमा २–१ को हार बेहोरेको थियो ।

अब तीन स्थानको लागि आज राति ब्रनवी र रेडबुल साल्जवर्ग, डिनामो जाग्रिव र एफसी सेरिफ तथा साख्तर डोनेस्क र मोनाकोबीच प्रतिस्पर्धा हुदैछ । यो खेलपछि यो सिजनको च्याम्पियन्स लिगलाई अन्तिम ३२ टोलीको टुंगो लाग्नेछ । २६ अगस्टमा समूह विभाजन र खेल तालिका सार्वजनिक हुनेछ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button