मूल खबर

फोटोले आफै भन्छ, करबाटै पो कोरोना सर्ने हो कि?

१० भदौ २०७८
चौतारी पोष्ट अनलाइन
भद्रपुर । यो तस्विर बुधवार आन्तरिक राजस्व कार्यालय भद्रपुर झापामा कर तिर्न जाने सेवाग्राही हरुको हो। आन्तरिक राजश्व कार्यालय भद्रपुरले कोरोना संक्रमण नियन्त्रण सहित कसरी करदाताहरुलाई स्वास्थ्य सुरक्षा सहित व्यवस्थापन गरेको रहेछ भन्ने कुरा यी तस्विरबाटै प्रष्ट हुन्छ ।

कोरोना कहरको यो महौलमा स्वास्थ्य सुरक्षालाई उच्च महत्व दिएर सेवाग्राहीलाई सेवा दिनु पर्ने सरकारी कार्यालयकै व्यवस्थापन यसप्रकारको अव्यवस्थित रहेको देखिन्छ । कर तिर्न जाने सेवाग्राहीलाई राजश्व कार्यालय झापाले कोरोना संक्रमण नियन्त्रणको व्यवस्थापन सहित कस्तो सेवा दिदै आएको रहेछ भन्ने तथ्य यी तस्विर आफैले बोल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button