खबर

पूर्वको काँकरभिट्टा नाका खोल्न माग गर्दैउद्योगी व्यसायीले बुझाए ज्ञापन पत्र

१० भदौ २०७८
काँकरभिट्टा । झापा मेचीनगरसहित १ नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुले पूर्वी सीमा नाकाकाँकरभिट्टलाई सहज बनाउन आग्रह गदैं झापाकाप्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विहीबार ज्ञापन पत्र बुझाएका छन् ।

नेपालको पूर्वीनाका काँकरभिट्टाबाट नेपाल आउन चाहाने भारतीय व्यवसायी, पर्यटक, कामदार, विरामीलाई पीसीआर रिपोट वा खोप कार्डको आधारमा सहजताका साथ नेपाल आउने व्यवस्था मिलाईदिन माग गदैं झापाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

मेचीनगरका उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गदैं मेचीनगर उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना र १ नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गदैं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर– १ का अध्यक्ष टिकाराज ढकालले झापाका प्रमुख जिल्ला अधिकारी श्रवण्कुमार तिम्सिनामार्फत प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबार, काठमाण्डौमा ज्ञापन पत्र बुझाएका हुन्। ।

कोभिड १९ को विश्वव्यापी महामारीबाट सृजित विषम परिस्थितिका कारण लामोसमयदेखि लगातारको बन्दाबन्दी लकडाउनका कारण नेपाली आर्थिक क्षेत्रले ठूलो नोक्सानी खेप्दै आएको भन्दैं उद्योगी व्यवसायीले कोरोनासँगै क्रमश दैनिकीलाई सहजता तर्फ अग्रसर गराउने तर्फ अघि बढ्नु पर्ने उधोगी व्यवसायीको भनाई रहेको छ ।

लगातारको बन्दाबन्दीबाट थलिएको व्यापार, व्यवसायलाई सुचारु गराउन आवश्यक सहजिकरणका लागि स्थानीय व्यवसायीहरुको तर्फबाट विभिन्न माध्यमबाट सामूहिक माग हुँदै आएको अवस्था भएको र झापा जिल्लाको व्यापार, व्यवसाय क्षेत्रलाई सुरक्षित एवम् सावधानी पूर्वक क्रमशःचलायमान बनाउदै लैजाने विषयमा नेपाल सरकारको विवेकपूर्ण ध्यान जानेमा उद्योगी व्यवसायीहरु पूर्णरुपमा विस्वस्त रहेको ज्ञपन पत्रमा उल्लेख छ । ज्ञापन पत्रमा नेपालको सुदुरपूर्वी क्षेत्रको व्यापार, व्यवसायलाई चलायमान राख्न भारतीय पर्यटकको समेत महत्वपूर्ण योगदान रहँदै आएको भन्दैं विज्ञप्तीमा यसका अलावा दुवैदेशको सिमान्तक्षेत्रका वासीन्दाहरुको औषधोपचार, अध्ययन, रोजगारी सहित आपसी पारिवारीक सम्बन्धका कारण समेत लामो समयदेखि जारी नाकाबन्दले समस्या उत्पन्न भएको उल्लेख गरिएको छ ।

भारततर्फको नाकाबाट काँकरभिटटा हुदै भारत जाने मानिसहरुलाई कोभिड विरुद्धको पूर्ण मात्रा खोप लगाएको वा पिसिआर रिपोट भएकालाई भारत प्रवेशमा कुनै अवरोध नरहेको अवस्था छ । काँकरभिटटा नाका हुदै नेपाल प्रवेश गर्ने मानिसहरुलाई समेत कोभिड विरुद्घको पूर्ण खोप लगाएको अथवा पिसिआर रिपोटको आधारमा सहज आवज–जावत गर्ने ब्यवस्थाको उनीहरुले सरकारसँग आग्रह गरेका छन् । उद्योगी व्यवसायीका संघ संस्थाहरुले उद्यागी व्यवसायीहरुका लागि पर्याप्त मात्रामा कोभिड १९ विरुद्धको खोप समेत माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै झापाकाप्रमुख जिल्ला अधिकारी श्रवण्कुमार तिम्सिना उद्योगी व्यवसायीका मागप्रति सकारात्मक भएको बताउँदै ज्ञापन पत्र प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबार, काठमाण्डौ पठाउने आश्वसन दिएको संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button