खेलकुद

केनको दुई गोलमा टोटेनहमको जित

भदौ ११, २०७८
एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटी जाने चर्चामा रहेका इंग्लिस फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा टोटेनहम हटस्परले युरोपा कन्फ्रेन्स लिग (इसिएल) मा पाकोस डि फेरेइरालाई पराजित गरेको छ ।

टोटेनहमले घरेलु मैदानमा भएको दोस्रो लेगमा पाकोसलाई ३–० ले पराजित गर्दै समग्रमा ३–१ को जित निकाल्दै युरोपको क्लब फुटबलको नयाँ लिग इसिएलको समुह चरणमा स्थान पक्का गरेको हो ।

यो जितसँगै टोटेनहमले पहिलो लेगमा भोगेको हारको बदला लिन सफल भएको छ ।पहिलो लेगमा टोटेनहम १–० ले पराजित भएको थियो ।

टोटेनहम हटस्पर स्टेडियममा बिहीबार राति भएको खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा ह्यारी केनको गोलबाट अग्रता लिएको थियो । उनले ब्रायन गिलको पासमा गोल गरेका थिए ।

३५औं मिनेटमा केनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि टोटेनहमले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । ७०औं मिनेटमा जियोभानी लो सेल्सोको गोल गर्दै टोटेनहमलाई ३–० को सहज जित दिलाए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button