
११ भदौ२०७८
चौतारी पोष्ट अनलाइन
काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालले भगवान श्री पशुपतिनाथको मन्दिर खुलाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र पशुपति क्षेत्र विकास कोषलाई ज्ञापन पत्र बुझाएको छ ।
विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंह, उपाध्यक्ष उद्धव कुमार घिमिरे, संगठन सचिव प्रल्हाद कुमार सहितको एक टोलीले आज जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ एवं पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंहद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा
“कोरोना महामारीका कारण देशका विभिन्न मन्दिरहरुमा नियमित दर्शन–
मुलुक बिस्तारै कोभिड १९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा समेत सम्पूर्ण नेपालीहरू आराध्यदेव भगवान श्री पशुपतिनाथको मन्दिरमा पनि हालसम्म नियमित दर्शन–पूजा खुला नगरिनु दुखद विषय हो ।

निश्चित समयसम्म स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकल बनाएर भगवान श्री पशुपतिनाथको मन्दिर लगायत देशै भरिका मठ–मन्दिरहरुमा समेत नियमित दर्शन–पूजा खुला गर्न आवश्यक व्यवस्था मिलाउन हुन सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपाल हार्दिक आग्रह गर्दछ ।
जय श्री राम । नेपाल आमाको जय ।।” उल्लेख गरिएको छ ।



