मूल खबर

काँग्रेस महाधिवेशन नेतृत्व लिन अघि बढे निधि, बानेश्वर बैंकेटमा आज सम्पर्क कार्यालय खोल्दै

११ भाद्र २०७८
newsofnepal
रामकृष्ण चापागाईं,काठमाडौं ।

काँग्रेस उपसभापति विमलेन्द्र नीधिले १४औं महाधिवेशनमा सभापतिमा उमेद्वार दिने घोषणा गर्दै महाधिवेशन केन्द्रित गतिविधिमा अघि बढेका छन् । उपसभापति नीधि नेतृत्वको दाबी गर्दै अघि बढे पछि पुनः नेतृत्व दोहोर्‍याउन चाहेका सभापति शेरवहादुर देउवा अप्ठेरोमा परेका छन् ।

देउवा समुहभित्रका प्रभावशाली नेता नीधिले सभापतिको उमेद्वारी दिने निर्णय गर्दै आज देखि काठमाडौंको वानेश्वर स्थित बानेश्वर बैकेटमा सम्पर्क कार्यालय राखेर प्रचारप्रसारलाई दिने भएका छन् । ‘मैले सभापतिमा उमेद्वारी दिने निर्णय गरिसकेको छु, आज बाट सम्पर्क कार्यालय खोलेर अघि बढेको छु’ नीधिले भन्नुभयो– मेरो नेतृत्वमा काग्रेसलाई अघि बढाउन अन्य आकाक्षि नेताका साथै सबै शीर्ष नेताहरुसंग छलफल भैरहेको छ ।

१३औं महाधिवेशनमा देउवालाई सभापति बनाउन महत्वपुर्ण भुमिका निभाउनु भएका नीधिलाई अहिले सम्म देउवाको साथ भने छैन । सभापति देउवा स्वयं फेरी नेतृत्व हत्याउने रणनीतिमा छन् । नीधि संगै देउवागुटकै प्रभावशाली नेताहरु ज्ञानेन्द्र वहादुर कार्की, एनपी साउद लगाएत बाहिरिने भएपछि देउवालाई १४औं महाधिवेशनमा आफ्नो पक्षमा समिकरण बनाउन निकै सकस हुने देखिएको छ ।

१४औं अधिवेशनम काग्रेस भित्र मुख्य गरि तीन गुट क्रियाशिल छ । एउटा संस्थापन पक्ष अथवा देउवा पक्ष । दोस्रो वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र तेस्रो नेता कृष्णप्रसाद सिटौला पक्ष । तीन गुट मध्य सबैभन्दा बलियो रहेको संस्थापन पक्ष विभाजित भए संगै पौडेल पक्ष बलियो रुपमा अघि बढ्ने देखिन्छ । तर, पौडेल पक्ष भित्र सभापतिको आकाक्षी धेरै छन् ।

पौडेल स्वयं सभापतिका आकाक्षी हुन भने महामन्त्री डा. शसांक कोइराला, केन्द्रिय सदस्य डा. शेखर कोइराला पनि नेतृत्वका प्रमुख दाबेदार हुन । १३औं महाधिवेशनमा पनि सभापतिका उमेद्वार भएका सिटौलाले पनि अहिले सम्म १४औं महाधिवेशनमा आफ्नो दाबी छोड्नु भएको छैन ।

नीधिले पौडेल पक्षलाई पनि फुटाएर आफ्नो पक्षमा ल्याउने रणनीति बनाइरहेपनि अहिले सम्म त्यो सफल भएको छैन । अहिलेकै समिकरण रहेपनि महाधिवेशनमा पौडेल पक्षको मत विभाजन हुने नीधि समुहका नेता बताउछन् । यस अघि पौडे पक्षका नेताहरु संगको छलफलमा सहमतिमै एकमात्र उमेद्वार बनाउने भन्दै आएका नीधिले सभापति देउवालाई पनि आफुलाई सहयोग गर्न पटक पटक आग्रह गर्नु भएको थियो ।

सभापति देउवा पक्षका नेताहरु भने महाधिवेशन आउन अझै तीन महिना बाकी भएकोले सभापतिको लागि देउवाकै पक्षमा माहौल बन्ने बताउछन् । ‘सरकारको आलोचना भयो भने गार्‍हो होला, नत्र देउवाकै पक्षमा माहौल बन्छ’ देउपा पक्षका एक नेताले न्युज अफ नेपाल संग कुरा गर्दै भने– देउवा पक्ष , पौडेल पक्ष, सिटौला पक्ष र नीधी पक्षको उमेद्वारको तुलना गर्दा नीधि तेस्रो पोजिसनमा हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button