खेलकुद

बेटिसलाई हराउँदै रियल म्याड्रिड शीर्षस्थानमा

भदौ १३, २०७८

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले रियल बेटिसमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा ड्यानी कार्भाजलले गरेको गोलले रियलले महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

सेभियामा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको छैटौ मिनेटमा नै कप्तान करिम बेन्जेमाले भिनिसियस जुनियरसग वान टु वान मुभमा बनेको सुवर्ण अवसर खेर फाल्दा रियल अग्रता लिनबाट चुकेको थियो । ३६औं मिनेटमा मोन्टोयाको प्रहारमा रियलका गोलरक्षक थिवाउट कोर्टुवाले खासै मिहेनत गर्नुपरेन ।

पहिलो हाफका अन्त्यतिर खेलमा तनावपुर्ण स्थिति सिर्जना हुदा रेफ्रीले रियल बेटिसका तीन र रियलका एक खेलाडीलाई पहेँलो कार्ड देखाएको थियो । ५२औं मिनेटमा ग्यारेथ बेलको ट्र्डमार्क लेफ्ट फुटेट क्रसमा करिम बेन्जेमाको ६ यार्ड बक्सभित्रको हेडरलाई गोलरक्षक रुई सिल्भाले सुन्दर बचाउँ गर्दा रियल अग्रत लिनबाट चुक्यो ।

५४औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि उनको गोलले मान्यता पाएन । क्यासमिरोको चिप पासमा बेन्जेमाले रुई सिल्भालाई सहजै बिट गर्दै गोल गर्दा उनी अफसाइड ठहरिए । ६१औं मिनेटमा ड्यानी कार्भाजलले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

भिनिसियस हुदै बेन्जेमाबाट आएको पासमा कार्भाजलले भलीमार्फत सुन्दर गोल गरे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बेन्जेमाको पासमा हाजार्डको प्रहारलाई गोलरक्षक सिल्भाले विफल पार्दा रियलले अग्रता दोब्बर पार्न सकेन ।

यो जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान ७ अंक नै भएपनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा रहेका छन् । पराजित बेटिस २ अंकसहित १४औं स्थानमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button