खेलकुद

आत्मघाती गोलले एट्लेटिको हारबाट जोगियो

भदौ १४, २०७८

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा एइसा मान्दीले आत्मघाती गोल गरेपछि साविकको विजेता एट्लेटिको म्याड्रिड हारबाट जोगिएको छ ।

एट्लेटिकोले घरेलु मैदानमा भिल्लारियलसँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्दै ला लिगामा अपराजित रहन सफल भएको हो । वान्डा मेट्रोपोलिटानो स्टेडियममा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा चार गोल सम्भव भएको थियो ।

५२औं मिनेटमा म्यानुयल ट्रिगुइरसको गोलबाट भिल्लारियलले अग्रता लिएको थियो । उनले यारेमी पिनोको पासमा गोल गरेका थिए । ५६औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७४औं मिनेटमा अर्नाट डानजुमाले यारेमी पिनोकै पासमा गोल गर्दै भिल्लारियललाई २–१ ले अघि बढाए । जिततिर ढक्लिएको भिल्लारियल अन्तिम एक मिनेट सम्हालिन नसक्दा जितबाट वञ्चित बन्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा एइसा मान्दीले आत्मघाती गोल गरेपछि एट्लेटिकोले हार जोगाउन सफल भयो ।

बराबरीपछि एट्लेटिको ३ खेलाट ७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । समान ७ रहेपनि एट्लेटिको रियल म्याड्रिड, सेभिया, भ्यालेन्सिया र बार्सिलोनाभन्दा पछि रहँदा मलोर्काभन्दा अघि छ । भिल्लारियल ३ अंकसहित ११औं स्थानमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button