मूल खबर

अमेरिकी सेनाले छाड्यो अफगानिस्तान, २० वर्षे युद्धको अन्त्य

१५ भाद्र २०७८
newsofnepal
काठमाडौं ।

अफगानिस्तानमा सत्ता कब्जामा लिएको तालिवानले अमेरिकालाई ३१ अगस्ट अर्थात आज देश छोड्ने आदेश दिएपछि अमेरिकी सेना स्वदेश फर्किएको छ।

अन्तिम अमेरिकी सैन्य विमानले काबुल विमानस्थल छाडेसँगै रक्षा मन्त्रालय, पेन्टागनले अफगानिस्तानमा अमेरिकाको २० वर्षे युद्ध आधिकारिक रुपमा अन्त्य भएको घोषणा गरेको हाे ।

अमेरिकी सैनिकको अन्तिम विमान सोमबार राति काबुलबाट उडेको थियो । यो विमान उडेसँगै अफगानिस्तानमा दुई दशक लामो अमेरिकी सैन्य उपस्थिति अन्त्य भएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा सैन्य अभियान अन्त्य भएको घोषणा गरेका छन् । उनले वक्तव्य जारी गर्दै तालिवानले काबुल नियन्त्रणमा लिएपछिको १७ दिन अमेरिकी सेनाले अमेरिकी इतिहासकै सबैभन्दा जोखिम अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको बताए ।

अमेरिकी सेनाले काबुल छोडेसँगै तालिवानी लडाकुले विमानस्थलभित्र प्रवेश गरेर जितको खुसियाली मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button