
बुधबार, भदौ १६, २०७८
एजेन्सी – इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका मिडफिल्डर सउल निग्वेजलाई अनुबन्ध गरेको छ । चेल्सीले स्पेनिस मिडफिल्डर निग्वेजलाई समर ट्रान्सफरको समयसीमाको अन्तिम दिन एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
चेल्सीले २६ वर्षीय निग्वेजलाई लोनमा ५ मिलियन पाउन्डमा अनुबन्ध गर्दा स्थायी रुपमा ३० मिलियन पाउन्डमा अनुबन्ध गर्न सक्नेछ ।
सउल इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुलसँग पनि जोडिएका थिए ।
सउल गत सिजन एट्लेटिको म्याड्रिडले ला लिगाको उपाधि जित्दा टोलीका सदस्य थिए । गत आइतबार भिल्लारियलसँग २–२ गोलको बराबरीमा रोकिएपछि प्रशिक्षक डिएगो सिमिओनले क्लब छाड्ने चाहना भएका खेलाडीलाई नरोक्ने बताएका थिए ।
एट्लेटिकोमा सउलको सम्झौता सन् २०२६ सम्म रहेको छ । तर, यो सिजनपछि नै सउलको एट्लेटिकोमा अन्तिम खेल हुन सक्नेछ ।
‘म चेल्सीसँग यो नयाँ चुनौती शुरु गर्नको लागि धेरै उत्साहित छु । चेल्सी समर्थकहरु म अब तपाईहरु मध्ये एक हु र चेल्सीको सर्ट लगाउन प्रतिक्षा गर्न सक्दिन । प्रशिक्षण शुरु गर्न र तपाईलाई भेट्न चाँडै भेट्नेछ ।’ चेल्सीमा अनुबन्ध भएपछि सउलले भने ।
चेल्सीले कीर्तिमानी मुल्यमा रोमेलु लुकाकुलाई क्लबमा फर्काउनु अघि नै सउललाई अनुबन्ध गर्ने प्रयास थालेको थियो । सन् २००८ देखि एट्लेटिको म्याड्रिडमा रहेका निग्वेजले क्लबमा सात सिजन बिताउँदा ३४० खलेमा ४३ गोल गरेका छन् । उनले यो सिजन तीन खेल खेलिसकेका छन् ।
त्यसअघि उनले २०१२–१२ को सिजनमा क्लबबाट कुनै खेल नखेल्दा र २०१२–१३ को सिजनमा दुई खेल खेलेका थिए । निग्वेजले एट्लेटिकोबाट एक ला लिगा, कोपा डेल रे, सुपर कोपा, युइएफए सुपर कप र दुई पटक युरोपा लिग जितेका छन् ।hamrokhelkud/from



