खबर

पूर्व गृहसचिव रेग्मीको निधन

२०७८भदौ १७
काठमाडौं, १७ भदौ । पूर्व गृहसचिव श्रीकान्त रेग्मीको ७२ वर्षको उमेरमा निधन भएको छ।

मधुमेह, उच्च रक्तचापका बिरामी रेग्मीको आज बिहान लाजिम्पाटस्थित आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। २०३४ सालदेखि २०५९ सालसम्म सरकारी सेवामा रहेका रेग्मी गृह प्रशासनमा लामो समय बिताएका थिए।

प्रमुख जिल्ला अधिकारी हुँदै गृह सचिवसम्म भएका रेग्मी २०५९ सालमा वरिष्ठताका आधारमा मुख्यसचिव नभएपछि राजीनामा दिएका थिए।
रेग्मीका दुई छोरा अमेरिकामा रहेको र आएपछि अन्त्येष्टि गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button