
सांकेतिक तस्विर
१७ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा ।झापाको मेचीनगर—१० स्थित लालपानिमा भएको प्रदिप आचार्यको मृत्यु प्रकरणमा आवश्यक अनुसन्धानका लागि प्रहरीले एकजना महिलालाई नियन्त्रणमा लिईएको छ ।
घटनाका विषयमा सम्बन्धित पक्षले सत्यतथ्य छानवीनका लागि परिवारजनले आग्रह गरेको थियो । इलाम नगरपालिका—१० मूर्तिडाडाका ४० बर्षीय प्रदिप झापाको मेचीनगर—१० लालपानिस्थित नातामा मामा पर्ने ज्ञानु पौडेलको घरको कोठा भित्र झुण्डिएको अवस्थामा बुधबार विहान फेला परेका थिए ।
घटना पश्चात मृतक आचार्यका परिवार र आफन्तबाट आत्महत्या दुरुत्साहनमा झापाको मेचीनगर—१० की ती महिलाको नाममा इलाका प्रहरी कार्यालय धुलावारीमा जाहेरी दरखास्त परे पछि प्रहरीले बुधबारनै उनलाई आवश्यक अनुसन्धानकालागि नियन्त्रणमा लिईएको पुष्टि गरेको छ । महिलालाई थप अनुसन्धानका लागि म्याद थप गर्नका लागि जिल्ला अदालत लगिएको प्रशासन स्रोतले बताएको छ ।
परिवारको पक्षबाट दिइएको जाहेरीमा आत्महत्याको रहस्य एवम् घटनाका पछि ती महिलाको संलग्नता भएको दाबि गर्दै कानुन बमोजिम कडा कारबाहिको माग गरिएको पीडित परिवारका नारद लम्सालले बताए । साथै पीडित परिवार र पौडेल परिवारबीचमा भएको ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षतिपूर्ती तत्काल उपलब्ध गराउनसमेत माग गरिएको लम्सालले जानकारी दिए ।
आचार्य परिवारले प्रदिप आचार्यको आत्महत्या नभइ हत्या भएको आरोप लगाएका छन् । आफन्त तथा परिवारका सदस्यहरुले घटना सम्बन्धमा शीघ्र अनुसन्धान गर्दै सत्यतथ्य बाहिर ल्याउन माग गर्दै घटनास्थलमा विरोध प्रदर्शन गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान सुरु भइ सकेको झापा प्रहरीले जनाएको छ । यद्यपि पोष्टमार्टम्को रिपोर्ट आएपछि मात्र घटनाका बारेमा जानकारी दिने प्रहरीको भनाई छ ।



