खेलकुद

पोर्चुगलको सहज जित

भदौ २३, २०७८
एजेन्सी – आफ्नो कप्तान तथा मुख्य फरवार्ड टोलीमा नहुदा पनि पोर्चुगलले विश्वकप छनोटमा अजरबैजानमाथि सहज जित हात पारेको छ ।

बर्नाडो सिल्भा, आन्द्रे सिल्भा र डिएगो जोटाको गोलमा पोर्चुगलले घरेलु टोली अजरबैजानमाथि ३–० को सहज जित हात पारेको हो । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो । बाकु ओलम्पिया स्टेडियम बाकुमा मंगलबार राति भएको खेलको २६औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट पोर्चुगलले १–० को अग्रता लिएको थियो । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए।

३१औं मिनेटमा डिएगो जोटाको पासमा आन्द्र सिल्भाले गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ७५औं मिनेटमा डिएगो जोटाले जोओ क्यान्सेलोको पासमा गोल गर्दै पोर्चुगललाई ३–० को सहज जित दिलाए ।

जितपछि समूह ‘ए’ मा अपराजित रहेको पोर्चुगल ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित अजरवैजान १ अंक जोडेर पुछारमा छ ।

यही समूहको अर्काे खेलमा आयरल्यान्ड र सर्वियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि दोस्रो स्थानमा रहेको सर्वियाले शीर्षस्थानको पोर्चुगलसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । सर्वियाको ११ अंक छ । आयरल्यान्ड २ अंक जोडेर चौथो स्थानमा रहँदा लक्जेमवर्ग ५६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button