खेलकुद

स्पेनले कोसोभोलाई हरायो

भदौ २४, २०७८

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेनले कोसोभेमाथि सहज जित दर्ता गरेको छ । पाब्लो फोर्नाल्स र फेरान टोरेसले गोल गरेपछि स्पेनले घरेलु टोली कोसोभोलाई २–० ले पराजित गरेको हो ।

कोसोभोमा बुधबार राति भएको खेलको ३२औं मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट स्पेनले अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फेरान टोरेसले मिकेल मोरेनोको पासमा गोल गर्दै स्पेनलाई २–० को सहज जित दिलाए ।

यही समूह ‘बी’ को अर्काे खेलमा स्वीडेन घरेलु टोली ग्रीससँग २–१ ले स्तब्ध बनेको छ । घरेलु टोली ग्रीसको जितमा एनास्टासिओसबाकासेटास र इभांगीलोस पाभलिडिसले गोल गर्दा स्वीडेनका रोविन क्वासिनले एक गोल फर्काए ।

यो नजितापछि समूह ‘बी’ मा स्पेन ६ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा रहँदा स्वीडेनले शीर्षस्थानको स्पेनसँग अंक दुरी छोट्याउन सकेन । स्वीडेन ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ग्रीसको ४ खेलबाट ६ अंक छ । समान ५ खेल खेलेको कोसोभोको ४ तथा जर्जियाको १ अंक छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button