खेलकुद

चिलीमाथि कोलम्वियाको जित

भदौ २५, २०७८
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा कोलम्वियाले चिलीलाई पराजित गरेको छ । कोलम्वियाले घरेलु मैदानमा चिलीमाथि ३–१ को सहज जित हात पारेको हो ।

कोलम्वियाका शुक्रबार बिहान भएको खेलका घरेलु टोलीको जितमा मिगुइल बोर्जाले दुई तथा लुइस डियाजले एक गोल गरे । चिलीका जिन मेनेसेसले एक गोल फर्काए । खेलको १९औं मिनेटमा मिगुइल बोर्जाले पेनाल्टीमार्फत गोल गर्दै कोलम्वियालाई १–० को अग्रता दिलाए ।

त्यसको एक मिनेटपछि नै बोर्जाले राफायल सान्तोष बोर्रेको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै कोलम्वियालाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५६औं मिनेटमा जिन मेनेसेसले गोल गदै चिलीलाई खेलमा फर्काउने संकेत दिए । उनले इरिक पुल्गरको पासमा गोल गरेका थिए ।

७४औं मिनेटमा लुइस डियाजले रोजर मार्टिनेजको पासमा गोल गर्दै कोलम्वियालाई ३–१ को सहज जित दिलाए । यो जितसँगै कोलम्विया ९ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । पराजित चिली ७ अंकसहित आठौं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा उरुग्वेले इक्वेडरलाई १–० ले पराजित गरेको छ । उरुग्वेको जितमा गास्टन पेरेइरोले खेलको अन्तिम समयमा विजयी गोल गरे । यो जितपछि उरुग्वे ९ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित इक्वेडर १३ अंक जोडेर चौथौ स्थनमा झरेको छ ।

यस्तै अर्काे खेलमा पाराग्वेले भेनेजुएलालाई २–१ ले पराजित गरेको छ । पाराग्वेको जितमा हेक्टर मार्टिनेज र एलेसान्द्रो रोमेरोले गोल गर्दा भेनजुएलाका जोन चान्सेलरएल गोल फर्काए । यो नतिजापछि पाराग्वेको ९ खेलबाट ११ अंक पुगेको छ । भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button