खबर

नेता गोन्जालोको जेलमै निधन

काठमाडौं, २७ भदौ । पेरू क्रान्ति तथा माओवादी आन्दोलन ‘साइनिङ पाथ’का नेता अबिमाइल गुज्मान गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि बिरामी रहेका उनको पेरुको कायालो क्षेत्रको सैन्य जेलमा स्थानीय समयअनुसार शनिबार बिहान मृत्यु भएको हो। उनी छालाको क्यान्सरबाट पीडित रहेका थिए।

पेरु माओवादी आन्दोलन ‘साइनिङ पाथ’ का नेता गोन्जालो सन् १९९२ राजधानी लिमाबाट गिरफ्तारीमा परेका थिए। आतंक फैलाएको आरोपमा सरकारले उनलाई आजीवन जेल सजाय दिएको थियो। गोन्जालो दर्शनशास्त्रका प्राध्यापक समेत हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button