खबर

मृत भनिएका अलकायदाका नाइके सार्वजनिक

२९ भाद्र २०७८
बेरुत,(एजेन्सी)।

अमेरिकामा ११ सेप्टेम्बरमा आक्रमण भएको बिसौं वर्षगाँठ मनाउने क्रममा सार्वजनिक भएको एक भिडियोमा अन्तर्राष्ट्रिय लडाकु समूह अल कायदाका नाइके आयमान अल– जवाहरी सार्वजनिक भएका छन् । महिनौंअघि नै उनको मृत्यु भएको व्यापक हल्ला चलेको थियो । जिहादी वेवसाइटहरूमाथि निगरानी राख्ने एसआइटीई (साइट) इन्टेलिजेन्स ग्रुपले सो भिडियो शनिबार सार्वजनिक भएकोे पुष्टि गरेको छ ।

सो भिडियोमा अल –जवाहरीले जेरुसेलम कहिल्यै पनि यहुदीकरण नहुने भन्दै गत जनवरीमा उत्तरी सिरियाली शहर राकामा रूसी फौजमाथि केन्द्रित लगायत अलकायदाका सम्पूर्ण आक्रमणको प्रशंसा गरेका छन् । साइटले बिस वर्ष लामो युद्धपछि अमेरिकी फौजले अफगानिस्तान छाडेकोमा पनि खुशी प्रकट गरेको जनाएको छ । तर, गत महिना तालिवानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेकोबारे उनले एक शब्द पनि नबोलेको बताइएको छ ।

सन् २०२० को उत्तरार्धदेखि अल –जवाहरीको कुनै रोगकै कारण मृत्यु भएको हल्ला चलेको थियो । यो पछिल्लो भिडियो सार्वजनिक हुनुअघिसम्म उनी जीवित रहेको प्रमाणित गर्नेखालको कुनै भिडियो बाहिरिएको पनि थिएन । तर, साइटका निर्देशक रिता कात्जले उनी अझै पनि मरिसकेको पनि हुनसक्ने बताएकी छन् । साइटको आस – सहाव मेडिया फाउन्डेसनले निकालेको ६१ मिनेट ३७ सेकेन्ड लामो सो भिडियोमा जवाहरीको भाषण रहेको छ ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button