२ असोज २०७८
चौतारी पोष्ट अनलाइन
दमक । धारिलो हतियार प्रहारबाट घाइते भएकी झापा शिवसताक्षीकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
गत भदौ २८ गते बिहान ११ बजे शिवसताक्षी ३ माने चोक बस्ने कुमार लिम्बुकी सुष्मा लिम्बुलाई सोही ठाउँका देवबहादुर मिस्त्रीले फलामको बिड भएको बाम्फोकले टाउको र अनुहारमा प्रहार गरेका थिए । शरीरुका बिभिन्न भागमा काटेर घाइते भएकी सुष्मालाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएकोमा थप उपचारको लागि नोबेल हस्पिटल बिराटनगर रेफर भई उपचार भईरहेकोमा हिजो साँझ ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बाम्फोक प्रहार गर्ने मिस्त्रीलाई प्रहरीले नियन्त्रण लिइसकेकोछ भने उनलाई ज्यान मार्ने उद्योगमा ७ दिने म्याद थप गरी ईलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



