कृषि र किसान

सिचाँई कूलो निमार्णले २० हजार रोपनी खेतबारीमा सहजै पानी

रातोपाटीन्युज, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका-२ कर्थलीमा सिचाँइ कूलो निमार्णले २० हजार रोपनी खेतबारीमा सहज रुपमा पानी उपलब्ध भएको छ ।

नेपाली काँग्रेस बाह्रबिसे नगरसभापति रेशम तामाङको नेतृत्वमा असार मसान्तमा गुए वन काभ्रे बसेरी सिचाई योजनामार्फत कूलो निमार्ण भएको थियो ।
उक्त कूलो निमार्णले कर्थलीको काभ्रेदेखि बसेरीसम्मका एक सय ४० घरधुरीले सिचाँइ सुबिधा पाएको समाजसेवी समेत रहेका तामाङले जानकारी दिनु भएको छ । अहिले सो स्थानका कृषकहरुले धान, काउली, गोलभेडा, बन्दा, आलु जस्ता बिभिन्न तरकारी खेती र नगदेबालीमा सहज रुपमा सिचाँई गर्न पाएको सभापति तामाङले बताउनु भयो ।

नगरसभापति तामाङको पहलमा बागमती प्रदेश सरकारबाट सिचाँई कूलो निमार्णका लागि ८५ लाख रुपियाँ प्राप्त भएको थियो । तीन किलोमिटर कूलो निमार्ण भएको छ । सो कारण कर्थलीबासी हर्षित भएका छन् ।

स्थानीय कृषक धन बहादुर तामाङले कूलो निमार्ण भएपछि खेतबारीमा राम्रो खेती हुन थालेको खुशी ब्यक्त गर्नु भयो । त्यस्तै अर्का किसान बलराम गुरुङले खेतमै सिचाँई आइपुगेपछि नगदेबाली र तरकारी खेती फष्टाउन थालेको बताउनु भएको छ । अझै बसेरी फाँटमा सिचाँई कूलो पुर्‍याउन पाए सो स्थानका खेतबारीमा पनि तरकारी र नगदेबाली गर्न पाइने उनले बताउनु भयो ।

काँग्रेस नेता तामाङले कर्थलीमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली, सिचाँई, अन्य बिकास निमार्णले तीव्रता पाएको र उक्त विकासमा उनको महत्वपूर्ण र नेतृत्वमा भएको स्थानीय विकास तामाङले जानकारी दिनु भएको छ ।

कर्थलीमा अन्य बिकासका कामहरु पुर्‍याउने पनि नगरसभापति तामाङले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button