मूल खबर

तीनदिने युवा सम्मेलन सम्पन्न

सिराहा । कोभिड–१९ ले युवाका सवालमा पारेको प्रभाव र यूवाहरुको आत्मिक, समाजिक, नैतिक र बौद्धिक विकास गर्ने उदेश्यका साथ युवा सम्मेलन सम्पन्न भएको छ ।

भदौ २१ गते सोमवार समाजद्वारा आयोजित तीन दिन वार्षिक युवा सम्मेलन भव्यताका साथ सम्पन्न भएको हो । सम्मेलनमा सिराहा जिल्लाभरका स्थानिय मण्डलीहरुबाट १६७ जना यूवाहरुको सहभागिता रहेको थियो ।

हरेक वर्ष यूवाहरुको आत्मिक, समाजिक, नैतिक र बौद्धिक विकासको लागि गरिआएको वार्षिक सम्मेलन विगत २ वर्ष यता कोभिड १९ को माहामारीको कारण निरन्तरता दिन नसेका कारण अहिलेको अवस्थामा युवाहरुलाई पुर्नताजगीको लागि पनि यो सम्मेलनको आयोजना गरिएकोले ”नडराओ, साहसिलो बन र उठ“ भन्ने सम्मेलनको मुख्य प्रशिक्षण विषय रहेको समाजका अध्यक्ष जोना योञ्जनले बताउनुभयो ।

तीनदिनसम्म चलेको सम्मेलनमा समाजका अध्यक्ष, उपाध्यक्ष सचिवद्धारा विभिन्न शिर्षकमा प्रशिक्षण गरिएको थियो भने अन्य कार्यसमितिका सदस्यहरुले व्यवहारिक कार्यमा सहयोग गरिएको थियो ।

यस्तै, एम्बास्डर फुटबल नेपालद्वारा सम्मेलनमा सहभागी यूवाहरुलाई सिर्जनात्मक कार्यहरुद्धारा अर्थपूर्ण व्यवहारिक शिक्षाहरु प्रदान गरिएको छ । सम्मेलनमा आराधना र प्रशंसा, प्रशिक्षण र सिर्जनात्मक कार्यहरुद्धारा यूवाहरुलाई जागरुक गर्न बाइबल हाजिरी जवाफ, गायन तथा नृत्य प्रतियोगिताको आयोजना गर्दा यूवाहरु निकै उत्साहित भएका थिए ।

सम्मेलनकाबीच २०७८ सालमा एसईई पास गरेका यूवाहरुलाई सम्मान गरिएको थियो । सोहीबीच समाजको युवा टिमको पुरानो कार्यसमिति विघटन गरी नयाँ ५ सदस्यहरुको चयन गरिएको छ ।

सम्मेलनको समापन कार्यक्रममा हाजिरी जवाफ र प्रतिभा साँझ प्रतियोगितामा भाग लिई प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्न सफल मण्डलीका जवान यूवाहरुलाई सिल्ड र प्रमाणपत्र समाजका अध्यक्षमार्फत प्रदान गरिएको थियो ।

यूवा सम्मलेनको समापनपछि माईका नेपालका कार्यक्रम संयोजक र सहजकर्ताद्धारा समाजका अगुवाहरुलाई “सँगसगै” कार्यक्रमको विषयमा प्रशिक्षण दिँदै आगामी दिनमा समाजसँग हातेमालो गदै विभिन्न स्थानिय मण्डलीहरुलाई सहजीकरण गर्दै कार्य गर्ने जानकारी दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button