मूल खबर

माओवादी प्रवक्ताले भने- भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार भोलि हुने बताएका छन्। बुधबार पार्टीको स्थायी समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले भोलिसम्म मन्त्रिपरिषद् विस्तारको काम सकिने बताएका छन्।

बुधबार सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक बस्ने र त्यसले मन्त्रालय भागवण्डा टुंग्याउने महराले जानकारी दिए।

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकले दलविभाजनसम्बन्धी अध्यादेशको टुंगो लगाउने पनि प्रवक्ता महराले बताए। दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button