मूल खबर

अगापे सामुदायिक मण्डलीको दशौं वार्षिक उत्सव सम्पन्न

ललितपुर । अगापे सामुदायिक मण्डलीले आफनो स्थापनाको दशौँवार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । बुधवार ललितपुरको बालकुमारीमा आयोजित समारोहकाबीच अगापे सामुदायिक मण्डलीले स्थापनाको दशौँ वार्षिक उत्सव मनाएको हो ।

This image has an empty alt attribute; its file name is 241551635_1897460813757109_8080454250880238058_n-1024x576.jpg

नेपाल प्रेरितिय आत्मिक मण्डलीका वरिष्ठ पास्टर रेभ. डा. पास्टर ईशुजंगध्वज कार्कीको प्रमुख आतिथ्यता र बाइवल शिक्षक पास्टर डा. आनन्द तामाङको विशेष आतिथ्यतामा भएको वार्षिक उत्सव कार्यक्रममा मण्डली सुरुवाती चरणदेखि नै उल्लेखनीय योगदान गर्दै आउनुभएका विशेष गरी ३ जना वृद्ध आमा बुबाहरु, सन्जिव रुम्बा, शान्ति थिङ र शेर बहादुर मगरलाई विशेष सम्मान गरिएको छ । यस्तै कार्यक्रममा महिला दिदीबहिनी संगति, बालसंगति र युवा संगतिले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।

सम्मान प्रमुख अतिथि डा. कार्की र डा. तामाङ तथा आयोजक मण्डलीका अध्यक्ष एवं कार्यक्रमका संचालक पा. जोना योञ्जनले संयुक्त रुपमा प्रदान गरेका थिए ।

This image has an empty alt attribute; its file name is 242700074_390835482656354_4211004614031397291_n-1024x576.jpg

कार्यक्रममा विभिन्न मण्डलीबाट आमन्त्रित पाष्टर तथा अगुवाले मण्डलीको उत्तरोत्तर प्रगतिको कामनासहित बधाई तथा शुभकामना व्यक्त गरेका छन् । त्यसैगरी, अगापे मण्डलीका अध्यक्ष योञ्जनले मण्डलीको इतिहास र मण्डलीका अन्तरकथालाई मार्मिक ढंगवाट प्रस्तुत गरेका थिएभने सोही कार्यक्रमकाबीच मण्डलीको एल्डरका रुपमा मनिष श्रेष्ठलाई प्रार्थनासहित अभिषेक गरिएको थियो ।

This image has an empty alt attribute; its file name is 242445185_186258036948886_3932831528981502876_n.jpg

आगामी दिनमा मण्डलीले ख्रीष्ट केन्द्रित चेला निर्माण गर्ने नारालाई लिएर नेपालका विभिन्न क्षेत्रमा भएका छोरी मण्डलीलाई साथमा लिँदै सुसमाचार प्रचार र चेला निर्माण गर्ने काममा अग्रसर हुने युवाहरुको वौद्धिक तथा आत्मिक विकासमा सृजनात्मक कार्यक्रमहरु संचालन गर्ने, मण्डलीलाई विशेष आत्मिक क्षेत्रमा सृदृढ बनाउँनका निम्ति बाइबलिय शिक्षाको तालिम दिई मण्डलीलाई झुठा शिक्षबाट जोगाउने लगायतका योजनाहरु रहेको मण्डलीका अध्यक्ष पास्टर योञ्जनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button