
९ असोज २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर। नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सैनिकमोडको २९ औं एकाईगत साधारणसभा सम्पन्न भएको छ।
एनएमसी सैनिकमोड कार्यालयगत उपसमिति संयोजक तोमप्रसाद ओलीको सभापतित्व एवं बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्य रहेको कार्यक्रम गौरवती सतानु सिंह राजवंशी स्मृति प्रतिष्ठान सैनिकमोडको सभाहलमा भएको थियो।
सो कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक समिति सदस्य सीताकुमारी श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समिति सदस्य रचना दाहालले प्रस्तुत गरेकी थिइन्। त्यस्तै स्वतन्त्र लेखा परीक्षणको प्रतिवेदन तथा आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट केन्द्रीय कर्मचारी लेखा प्रमुख मनिषा तिम्सिनाले प्रस्तुत गरेकी थिइन। प्रस्तुत प्रतिवेदनमाथि छलफलपछि साधरणसभाबाट पारित गरिएको छ ।
प्रतिवेदन अनुसार संस्थाको चुक्ता शेयरपूँजी एक अरब एघार करोड ६० लाख ६ हजार र निक्षेप मौज्दात आठ अरब, ८५ करोड, ४२ लाख २३ हजार रहेको छ। बैकिङ, डेरी, कृषि, सहकारी पसल र चिया व्यवसाय गर्दै आएको एनएमसीका हाल जिल्लाभर ४३ वटा तथा मोरङ र इलाममा एक–एक वटासहित ४५ वटा शाखा सञ्चालनमा रहेका छन्।



