मूल खबर

एमाले अध्यक्ष केपी ओलीको गृह नगरमा एकीकृत समाजवादीको दमक नगर कमिटी घोषणा

चौतारी पोष्ट अनलाइन
९ असोज २०७८

मेचीनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।एकीकृत समाजवादी का केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व प्रमुख इन्द्रबहादुर बुडाथोकीको प्रमुख आतिथ्यतामा दमक नगर कमिटी घोषणा तथा सपथ ग्रहण भएको हो ।

नव गठित कमिटीको अध्यक्षमा महेश घिमिरे, उपाध्यक्षमा सुमन कार्की, हमला सिटौला, बिराट जबेगु लिम्बू छन् । सचिवमा निर्मल लामिछाने, सहसचिवमा रोशन भण्डारी छन् ।

त्यस्तैं, कमिटीको सदस्यहरुमा चन्द्र थापा, राजु भट्टराई, युवराज दुलाल, तारादेबी धिमाल, गोमादेवी कटुवाल, किरण भट्टराई, उमेश बुडाथोकी, कमला श्रेष्ठ, प्रेम भुजेल, जीवन सेढाई, युवराज घिमिरे, कमला बोहोरा, मनकुमार दर्नाल, जुलन गजमेर, प्रेम नेपाल, मदन गुरुङ, खगेन्द्र नेपाल, उमेश चौलागाई, प्रवल भण्डारी, छत्र बस्नेत, कमल न्यौपाने, हुन रसाइली, मित्र इगनाम र नरेश भण्डारी छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बुढाथोकीले नेकपा (एकीकृत समाजवादी) मा जनताको आशा र भरोसा रहेको बताउनुभयो । वहाँले नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा अघि बढाउन एकीकृत समाजवादीले मात्रै सक्ने भएकोले पार्टी कार्यकर्तालाई आ–आफ्नो स्थानमा इमान्दारीका साथ काम गर्ने बताए ।

उनले एमाले अध्यक्ष ओलीको गृह नगरबाटै पहिलो पटक झापामा नगर कमिटी गठन भएको बताए। दमकमा एकीकृत समाजवादी मात्रै होइन, बिद्यार्थी, किसान, महिला, मजदुर, पत्रकार लगायतको संगठन निर्माणका कार्यहरु तिब्र गतिमा बढाइने नेता बुढाथोकीले बताए ।

सो कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीले नवगठित दमक नगर कमिटीका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष रेग्मीले पार्टीको जिम्मेवारीमा लाग्न निर्देशन समेत दिएका थिए।

पुष्पलाल मित्रता केन्द्रको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, पार्टी जिल्ला कमिटी सदस्य नन्दलाल ताजपुरिया, प्रदेश कमिटी सदस्य राजेन्द्र दाहाल, लोकबन्दु कन्दङबा, टीका प्रसाई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तैं, नवगठित दमक नगर कमिटीको तर्फबाट अध्यक्ष महेश घिमिरेले प्रतिबद्धता जाहेर गरेका थिए ।

पार्टी जिल्ला कमिटी उपाध्यक्ष मणि भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला कमिटी सदस्य तुलशी निरौलाले सञ्चालन गरेका थिएभने जिल्ला कमिटी सदस्य हरि नेपालले स्वागत मन्तव्य राखेका थिए ।

पार्टी जिल्ला कमिटी सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख समेत रहेका पत्रकार तीर्थ सिग्देल, केन्द्र प्रसाई, जिल्ला कमिटी सदस्य भीम दाहाल, बिष्णु न्यौपाने, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य हरिकृष्ण पौडेल, नारायण राजवंशी, कमल कटुवाल, तीर्थ नेपाल, केशव दाहाल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button