मूल खबर

काठमाडौंमा आजदेखि विद्यालय खुल्यो

काठमाडौं महानगरपालिकाभित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन्। महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि विद्यालय सञ्चालन हुने भएका हुन्।

महानगरपालिकाले असोज १० गतेदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय बिहीबार गरेको थियो। सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ।

विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरूपमा खोल्ने निर्णय गरिएको थियो। कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button