मूल खबर

सभामुख सापकोटाविरुद्ध मुद्दाको आजपनि सुनुवाइ भएन

१३ आश्विन २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

सभामुख अग्नि सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज पनि नहुने भएको छ। सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएको थियो। तर अदालत प्रशासनले मुद्दाको सुनुवाइ नमिल्नेमा राखेको जनाएको छ। इजलासमा सो मुद्दाको पेशी पटकपटक चढाइएपनि सुनुवाइ हुन सकेको छैन।

यसअघि भदौ १६ गते मुद्दाको पेशी संवैधानिक इजलासमा चढेको थियो। त्यतिबेला पनि सो मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको थियो। माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै उनीविरुद्ध १० वर्षअघि मुद्दा परेको थियो।

वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले सभामुखका लागि योग्य नभएको जिकिर छानबिनका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।रिटमा प्याकुरेललगायत निवेदकले मन्त्री र भविष्यमा कुनै पनि पदमा नियुक्ति नगर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button