मूल खबर

भद्रपुर—गलगलिया नाका भोली (शुक्रबार)देखि खुल्ने

१४ असोज २०७८
चौतारी पोष्ट अनलाइन
भद्रपुर। झापाको भद्रपुर— गलगलिया सीमा नाका भोलि(शुक्रबार) देखि सञ्चालनमा आउने भएको छ । कोरोना महामारीले विगत १९ महिनादेखि बन्द रहेको यो सीमा नाका शुक्रवारदेखि पुनः सञ्चालन गर्न लागेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण बन्द गरिएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेको थियो ।

गृह मन्त्रालयबाट नाका खुलाउने सम्बन्धमा परिपत्र आइसकेको हुँदा काँकडभिट्टा र भद्रपुर नाका खुलाउन लागेको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए ।

आजै जिल्ला प्रशासन कार्यालय झापामा डिसीएमसीको बैठक बसेर नाका सञ्चालन गर्ने विषयमा निर्णय गर्ने तिमिल्सिनालेबताए । उनका अनुसार नाकाबाट आवतजावत गर्दा अनिवार्य पीसीआर रिपोर्ट वा खोप कार्ड देखाउनु पर्ने हुन्छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार नाका खुलाउन लागेको हो । सवारीसाधन सञ्चालन गर्ने विषयमा गृहको परिपत्र अनुसार बैठकबाट निर्णय गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button