खेलकुद

लियोनको सहज जित

असोज १५, २०७८

एजेन्सी – दोस्रो हाफमा २२ मिनेटको अन्तरमा तीन गोल गरेपछि फ्रान्सेली क्लब लियोनले युइएफए युरोपा लिगमा सहज जित हात पारेको छ ।

लियोनले घरेलु मैदानमा डेनिस क्लब ब्रोन्डवी आइएफललाई ३–० ले पराजित गरेको हो । लियोनको जितमा कार्ल टोको इकम्वीले दुई तथा होउसिम एओरले एक गोल थपे ।

बल पोसेसनमा बलियो पकड राख्दै पाहुना टोलीलाई दवावमा राखेको लियोनले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६४औं मिनेटमा कार्ल टोको इकम्वीले लुकास पाक्वेटाको पासमा गोल गर्दै लियोनलाई १–० को अग्रता दिलाए ।

७१औं मिनेटमा इकम्वीले रायन छेर्कीको पासमा व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गरेपछि लियोन सहज जिततर्फ अघि बढ्यो । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा होउसिम एओरले गोल गर्दै लियोनको जित पक्का गरे ।

यो समूह ‘ए’ मा डेभिड हान्कोको निर्णायक गोलमा चेक रिपब्लिक क्लब स्पार्टा प्राहाले स्कटिस क्लब रेन्जर्सलाई १–० ले पराजित गरेको छ ।

यो नजितापछि लियोन २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । स्पार्टा ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । ब्रोन्डवी १ अंक जोडर तेस्रो स्थानमा रहँदा रेन्जर्स अंकविहीन हुदै पुछारमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button