खबर

क्रान्तिकारीको महासचिवमा दिपेश पुन

२०७८ असोज १८
काठमाडौं। नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व चयन भएको छ ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहको नाम यसअघि नै टुंगो लागिसकेको थियो । सोमबार भने महासचिवमा दिपेश पुनलाई महासचिवको जिम्मेवारी दिने निर्णय भएको हो ।

माओवादी स्थायी कमिटी बैठकले अनेरास्ववियू क्रान्तिकारीको नेतृत्व चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोही अनुसार सिंह र पुनको नेतृत्वमा चयन भएका हुन् । पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । उनी यसअघि अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button