खेलकुद

क्रोएसियाको सानदार जित

असोज २३, २०७८

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा क्रोएसियाले सानदा र जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा क्रोएसियाले घरेलु साइप्रसमाथि ३–० को सानदार जित निकालेको हो ।

क्रोएसियाको जितमा इभान पेरिसिस, जोस्को जिभारडिओल र मार्काे लिभाजाले समान एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो ।

खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको क्रोएसियाले पहिलो गोलको लागि पहिलो हाफको इन्ज्युरी समय नै कुर्नुपरेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इभान पेरिसिसले कप्तान लुका मोड्रिचको पासमा गोल गर्दै क्रोएसियालाई १–० को अग्रता दिलाए ।

५४औं मिनेटमा कप्तान लुका मोड्रिचले पेनाल्टी चुकाउँदा क्रोएसिया अग्रता दोब्बर पार्नबाट चुक्यो । ८०औं मिनेटमा जोस्को जिभारडिओलले गोल गर्दै क्रोएसियाको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्काे लिभाजाले गोल गर्दै क्रोएसियाको जित पक्का गरे । उनले जोसिप ब्रेकालोको पासमा गोल गरेका थिए ।

यो जितपछि क्रोएसिया समूह ‘एच’ मा ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान १६ अंक नै रहेपनि रसिया दोस्रो स्थानमा रहेको छ । पराजित साइप्रस ४ अंक जोडेर पुछारमा रहेको छ । यही समूहको अर्काे खेलमा स्लोभेनियाले माल्टालाई ४–० ले पराजित गर्दा रसियाले स्लोभाकियालाई १–० ले पराजित गरेको छ ।

यो नतिजापछि रसिया १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । स्लोभाकिया ९ अंक जोडेर चौथो स्थानमा रहेको छ । स्लोभेनिया १० अंक जोडेर तेस्रो स्थानमा रहँदा माल्टा ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button