कला

विश्वकै सबैभन्दा होचा बडिबिल्डर भारतमा

२५ आश्विन २०७८
newsofnepal
नयाँदिल्ली,(एजेन्सी) ।

केवल ३ फिट ४ इन्च उचाइका एक भारतीय खेलाडीलाई गिनिज वल्र्ड रकेर्डसले विश्वकै सबैभन्दा होचा बडिबिल्डरको उपाधिप्रदान गरेको छ । प्रतीक भिथाल मोहिते नामकती २५ वर्षीय युवकले सन् २०१२ देखि शारीरिक सुगठनमा संलग्न हुन थालेका हुन् ।

उनले सन् २०१६ मा पहिलो चोटी प्रतिस्पर्धामा भागलिन शुरू गरेका थिए । जन्मँदै छोटा हात खुट्टा भएका मोहितेले भनेका छन्, ‘मेरो सफलता देखेर मेरा परिवार धेरै खुशी र गौरवान्वित छन् । त्यसै गरी मेरा साथीहरू निकै सहयोगी रहेका छन् ।

मेरा एक जना मित्रले म विश्वकै सबैभन्दा होचो कदका बढिबिल्डर हुन सक्ने भएकाले गिनिजमा आवेदनदिन सल्लाह दिएका थिए ।कोभिड १९ महामारीका कारण गिनिजलाई उनको दाबी पुष्टि गर्न लामो समय लागेको थियो ।

आफ्नो करियरकै यसलाई सबैभन्दा ठूलो उपलब्धि मानेका मोहितेले अब एक मिनेट भित्र सबैभन्दा बढी पुस अप गरेर अर्को विश्व कीर्तिमान राख्ने योजना बनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button