मूल खबर

अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा १६ जनाको ज्यान गयो

काठमाडौं । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ।

घटनामा ३२ जना घाइते भएको विवरणमा जनाइएको छ। शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट भएको थियो।

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको थियो।

विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा अरसल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।
विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ।

गत शुक्रवार उत्तरी शहर कुन्दुजस्थित शिया मस्जिदै विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका थिए। बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button