मूल खबर

कांग्रेसको महाधिवेशन प्रभावित हुने सम्भावना बढ्दै

२ कार्तिक २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली काग्रेसको १४ औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ । मंसिर ९ गते देखि १३ गते सम्म महाधिवेशन गर्ने तयारी गरेको काग्रेसको १३ वटा जिल्लामा वडा अधिवेशन पनि शुरु हुन सकेको छैन ।

तल्लो तहको अधिवेशन प्रारम्भ भएको ६४ जिल्ला मध्य १३ वटा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको केन्द्रिय निर्वाचन समितिका सदस्य गोपाल प्रसाद घिमिरेले जानकारी दिनुभएको छ । १३ मध्य गोरखामा दुई निर्वाचन क्षेत्र भएकोले १४ वटा निर्वाचन क्षेत्रमा अधिवेशन भएको छ भने बाकी जिल्लामा पालिका सम्म मात्र अधिवेशन भएको घिमिरे बताउनु हुन्छ ।

क्रियाशिल सदस्यता विवादका कारण प्रदेश नम्बर २ को ८ जिल्ला सहित डोल्पा, कैलाली, बाके, सुर्खेत र रसुवामा वडा अधिवेशन नै सकेको छैन । यी १३ जिल्ला मध्य अहिले बारा, रसुवा र रौटहट जिल्लाको विवाद समाधान हुन सकेको छैन । बाकी जिल्लाको विवाद टुङ्गिए पनि एकै पटक अधिवेशन प्रक्रिया अघि बढाउने भनेर निर्वाचन समितिले तल्लो तहको अधिवेशन शुरु गरेको छैन ।

निर्वाचन समितिका संयोजक घिमिरेका अनुसार डोल्पामा भने एक/दुई दिन भित्रै जिल्ला निर्वाचन अधिकृत पठाएर वडा अधिवेशन शुरु गरिने भएको छ । यस अघिको सहमति अनुसार २१ वटा हिमाली जिल्लाको जिल्ला अधिवेशन दशै अगावै गरिसक्ने भनिएपनि ८ वटा हिमाली जिल्लाको पालिका भन्दा माथिको अधिवेशन हुन सकेन । हिमाली जिल्लाको सवालमा दशै लगत्तै अधिवेशन शुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

‘विवाद समाधान गरि तत्काल क्रियाशिल सदस्यको विवरण दिए निर्धारित मितिमा महाधिवेशन हुन्छ, नत्र सम्भावना देखिदैन’ निर्वाचन समितिका सदस्य घिमिरे भन्नुहुन्छ– हिमाली जिल्ला बाहेक बाकी जिल्लामा अब एकैपटक अधिवेशन प्रक्रिया अघि बढाउने भनेर पालिका अधिवेशन भैसकेको जिल्लामा पनि माथिल्लो अधिवेशन निर्वाचन समितिले नै रोकेको हो ।

पुर्व निर्धारित कार्यतालिका अनुसार असोज १८ गते सम्म सबै जिल्ला अधिवेन सम्पन्न भैसक्नु पर्ने थियो भने कार्तिक १० देखि १२ गते सम्म प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने थियो । नेतृत्व हत्याउने रणनीतिमा लागेका शीर्ष नेताहरुले महाधिवेशन मंसिर १० मै शुरु हुनुपर्ने प्रति दबाब बढाएको देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button