खेलकुद

म्यानचेस्टर सिटीको सानदार जित

कात्तिक ३, २०७८

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा बेल्जियन टोली क्लब ब्रुगमाथि सानदार जित निकालेको छ ।

सिटीले घरेलु टोलीमाथि ५–१ को सहज जित हात पारेको हो । सिटीको जितमा रियाद महारेजले दुई तथा जोओ क्यान्सेलो, केल वाल्कर र कोल पाल्मेरले समान एक गोल गरे । घरेलु टोलीका हान्स भानाकेनले एक गोल फर्काए ।

बेल्जियममा मंगलबार राति भएको खेलको ३०औं मिनेटमा जोओ क्यान्सेलोको गोलबाट सिटीले खेलमा अग्रता बनाएको थियो । उनले फिल फोडेनको पासमा गोल गरेका थिए । ४३औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

५३औं मिनेटमा केल वाल्करले केभिन डि ब्रुयनको पासमा गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए । ६७औं मिनेटमा कोल पाल्मेरले रहिम स्टर्लिङको पासमा गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८४औं मिनेटमा रियाद महारेजले फर्नान्डिन्होको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै सिटीलाई फराकिलो जित दिलाए ।

यो जितसँगै समूह ‘ए’ मा सिटी ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा छ । पीएसजी ७ अंक जोडेर शीर्षस्थानमा रहँदा आरबी लाइप्जिग अंहविहीन हुदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा पीएसजीले आरबी लाइप्जिगलाई ३–२ ले पराजित गरेको छ । पीएसजीको जितमा लियोनेल मेस्सीले दुई तथा केलियन एमबाप्पेले एक गोल गरे । लाइप्जिगका आन्द्रे सिल्भा र नोरदी मुकिइलले गोल गरे ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button