खेलकुद

लियोनको रोमाञ्चक पूनरागमन जित

कात्तिक ५, २०७८

एजेन्सी – फ्रान्सेली क्लब लियोनले युरोपा लिगमा रोमाञ्चक पूनरागमन जित दर्ता गरेको छ । १० खेलाडीमा समेटिएको लियोनले दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै स्पार्टा प्राहामाथि ४–३ को रोमाञ्चक जित निकालेको हो ।

स्पार्टा प्राहाको मैदानमा लियोनको जितमा कार्ल टोको इकम्वीले दुई तथा होउसिम एउअर र लुकास पाक्वेटाले समान एक गोल गरे । घरेलु टोलीका लुकास हरसलिनले दुई तथा लाडिस्लाभ क्रेजसिले एक गोल गरे ।

प्राहा चेक रिपब्लिकमा बिहीबार राति भएको खेलको चौथो मिनेटमा नै लुकास हरसलिनको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । १९औं मिनेटमा लुकास हरसलिनले अर्काे गोल थप्दै स्पार्टा प्राहाको अग्रता दोब्बर पारे ।

४२औं मिनेटमा कार्ल टोको इकम्वीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ५३औं मिनेटमा होउसिम एउअरले गोल गर्दै लियोनलाई खेलमा २–२ गोलको बराबरीमा ल्याए । ६७औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै लियोनलाई पहिलोपटक खेलमा ३–२ ले अघि बढाए ।

७४औं मिनेटमा लियोन १० खेलाडीमा सेमटिन पुग्यो । मालो गुट्सो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । ८८औं मिनेटमा कार्ल टोको इकम्वीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै लियोनलाई जिततर्फ अघि बढाए ।

इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा लाडिस्लाभले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याएपनि हार टार्न सकेन । यो जितसँगै लियोन समूह ‘ए’ मा ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित स्पार्टा प्राहा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा स्कटिस क्लब रेन्जर्सले डेनिस क्लब ब्रोन्डवि आइएफमाथि २–० को सहज जित निकालेको छ । रेन्जर्सको जितमा सलयोन बालुगुन र केमार रुफीले गोल गरे ।

समूह चरणमा पहिलो जित निकालेको रेन्जर्स ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित ब्रोन्डवि १ अंक जोडेर पुछारमा रहेको छ ।hamrokhelkud/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button