खेलकुद

फोडेन चम्कदा म्यानचेस्टर सिटीको सानदार जित

कात्तिक ७, २०७८
एजेन्सी – इंग्लिस विंगर फरवार्ड फिल फोडेनले दुई गोलसँगै एक असिस्ट दिएपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

सिटीले घरेलु टोली ब्राइटनलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा सिटीको फराकिलो जितमा इल्केए गुन्डोगान र रियाल महारेजले पनि गोल गरे । घरेलु टोलीका एलेक्सिस म्याक एलिस्टेरले एक गोल फर्काए ।

ब्राइटनको मैदानमा सिटीले खेलको १३औं मिनेटमा इल्केए गुन्डोगानको गोलबाट अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए । २८औं मिनेटमा फिल फोडेनले ज्याक ग्रेलिसको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

त्यसको तीन मिनेटपछि फोडेनले गाब्रियल जेससको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

८१औं मिनेटमा एलेक्सिस म्याक एलिस्टेरले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई ३–१ को अवस्थामा ल्याएपनि त्यसपछि रियाद महारेजले इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फिल फोडेनको पासमा गोल गर्दै सिटीको फराकिलो जित पक्का गरे ।

यो सिजनमा लयमा रहेको ब्राइटनले लिगमा दोस्रो हार बेहोरेको हो । यसअघि ब्राइटनले एभर्टनसँग २–० को हार बेहोरेको थियो । ब्राइटनले ९ खेल खेल्दा चार जित, तीन बराबरी र दुई हारको नतिजा निकालेको छ ।

यो जितसँगै म्यानचेस्टर सिटीले लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । सिटीको ९ खेलबाट २० अंक पुगेको छ । एक खेल कम खेलेको लिभरपुलको १८ अंक छ । शीर्षस्थानमा रहेको चेल्सीको २२ अंक छ । पराजित ब्राइटन १५ अंक जोडेर चौथो स्थानमा रहेको छ ।हाम्रो खेलकुदबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button