मूल खबर

धर्म परिवर्तनको मुद्धामा पास्टर आचार्य पुनः हिरासतमा, ख्रीष्टियन अगुवाहरुले सामुहिक गिरफतारी दिने सरकारलाई चेतावनी

निरोज तोलाङे, काठमाण्डौँ । प्रशस्त कटनी मण्डली पोखराका पास्टर केशव आचार्यलाई धर्म परिवर्तनको मुद्धामा अदालतले हिरासतमा लिएको विरोधमा केहि ख्रीष्टियन अगुवाहरुले सरकारलाई सामुहिक गिरफतारी दिने सरकारलाई चेतावनी दिएका छन् ।

ख्रीष्टियन समुदायका अभियन्ता तथा जानजागरण पार्टीका समेत केन्दीय अध्यक्ष डा. बि.पी. खनालले आज सामाजिक सन्जालमार्फत पा. केशवराज आचार्यको मुद्दामा गरिएको अप्रत्याशित र अन्यायपूर्ण फैसलाको बिरोध गर्दै ख्रीष्टियन अगुवाहरुलाई प्रतिवाद गर्न र सामुहिक गिरफतारी दिन आह्वान गरेका छन् ।

‘नेपाली ख्रीष्टियनहरूमाथि यतिसम्म अन्याय भैरहँदा यहाँको सरकार, राजनीतिक दलहरू, मानव अधिकारकर्मी, न्यायकर्मी, संचारकर्मीहरूसमेत किन अनदेखा गरिरहेका छन्? उनले प्रश्न गरेका छन् ।

सोमबार धर्म परिवर्तनको मुद्धामा डोल्पा जिल्ला अदालतमा तोरख दिन पुगेका पास्टर आचार्यलाई जिल्ला अदालतका माननीय न्यायधीश केशवराज चपाईको एकल इजलासले कसुरदार ठहर गरेर हेर्दाहेर्दैको अवस्थामा पुस १४ गते हुने पूर्ण फैसलाको समयसम्म थुनामा राख्ने आदेश दिएको हो ।

कास्कीको पोखरास्थित प्रशस्त कटनी मण्डलीका पास्टर आचार्यलाई पोखरा महानगरपालिका–२९ पावर हाउसबाट धर्मको नाममा कोरोना भाइरसबारे भ्रामक सन्देश फैलाएको भन्दै कास्की प्रहरीले गत २०७६ चैत्र ११ गते पक्राउ गरेको थियो । भने कास्की जिल्ला अदालतबाट गत २०७६ बैशाख ३१ गते धरौटीमा रिहाइ भएका आचार्यलाई मुलुकी अपराध संहिताको दफा १५८ को धारा १ र २ बमोजिम २०७७ जेठ ११ गते धर्मपरिवर्तन सम्बन्धि मुद्धामा पक्राउ गरेर प्रहरीले डोल्पा पु-याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button