मूल खबर

काँग्रेस झापाको कमाण्डर अर्थात सभापतिमा थेबे विजयी

१२ मंसीर २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । नेपाली कांग्रेसको झापा जिल्ला सभापतिमा देउकुमार थेवे विजयी भएका छन् ।अब झापा काँग्रेसका कमाण्डर अर्थात नेपाली काँग्रेस झापाको नेतृत्व थेवेले गर्ने छन् ।

केही बेर अघि मात्र सम्पन्न भएको मतगणनामा थेवेले २५० मतान्तरले सभापति पदका प्रयासी रामबहादुर कट्टेललाई पराजित गरेका हुन् । थेवेको जितसंगै उनको सिंगो प्यानलका सबै उम्मेदवारहरुले विजयी हासिल गरेका छन् ।
जम्मा खसेको ३ हजार ३ सय ११ मतमा थेवेले १७ सय ७५ मत प्राप्त गरी थेबे विजयी बनेका छन् । उनका प्रतिष्पर्धी कट्टेलले १५ सय १५ मत प्राप्त गरे । त्यसैगरी थेवे प्यानलकै उपसभापतिमा केशवराज पाण्डेले सर्वाधिक मत ल्याएर विजयी हासिल गरेका छन् । उनले १८ सय ८९ मत प्राप्त गरे । अर्का विजयी उपसभापति शेरबहादुर भट्टराईले १६ सय ७४ मत प्राप्त गरेका छन् । कट्टेल प्यानलका प्रेम सम्वाहाम्फेले १४ सय १५ र शम्शेर गिरीले १२ सय २१ मत प्राप्त गरेका छन् ।


थेवे पक्षका सचिव पदमा उम्मेदवार नवीन विमलीले १८ सय ३८ र कृष्ण हुमागाईले १६ सय ७६ मत प्राप्त गरी विजयी बनेका छन् । उनीहरुका प्रतिष्पर्धी कट्टेल प्यानलका बिश्वदीप लिङदेनले १४ सय ३१ र टुमलाल राजवंशीले १३ सय २१ मत प्राप्त गरेका छन् ।
उपसचिव पदमा थेवे पक्षकै कालेन्द्रप्रसाद राजवंशीले १७ सय ६५ र कमलप्रसाद भण्डारीले १६ सय ६० मत प्रात गरी विजयी बनेका छन् । उनीहरुका प्रतिष्पर्धी कट्टेल प्यानलका उमाराम प्रसाईले १३ सय ३७ र पदम लिम्बूले १३ सय ४७ मत प्राप्त गरी उपविजेता बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button