मूल खबर

थापा र लिङ्देनको टिममा को–को ?

काठमाडौं ,मंसिर १६, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ।

महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङ्देनले आआफ्नो टिम बनाउन सुरु गरेको छन्। थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्दलगायतलाई समेट्न प्रयास भएको छ। यसैगरी लिङ्देनको टिममा जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सना, धवलशमशेर राणा, भाष्कर भद्रा, रेखा थापालगायतलाई समेट्न प्रयास भइरहेको छ।

राप्रपाका तीन अध्यक्षमध्ये यसपटक पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले उम्मेदवारी नदिने भएका छन्। लोहनीले आफ्नो समर्थन लिङ्देनलाई हुने प्रस्ट पारेका छन्। राणा भने खुलेका छैनन्। बुधबारको बन्द सत्रमा राणाले पार्टीको एकता बचाइराख्न आफू अध्यक्षमा नउठ्ने जनाएका थिए। सर्वसम्मत नेतृत्व चयन गर्न उनले थापा र लिङ्देनलाई आग्रह गरेका थिए।  नागरिक दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button