कलाभिडियो चौतारी

पाँचथरमा नाच्दै नचाउँदै च्याब्रुङ सिकाउँदै,मौलीक बाजासँगै रम्दै रमाउँदै

२४ मंसीर २०७८
चौतारी पोष्ट अनलाइन
फिदिम । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा किराँत याक्थुङ चुम्लुङ पाँचथर शाखाको आयोजनामा जारी प्रदेशस्तरीय नेपाली मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रमअन्तर्गत सञ्चालित केलाङ (च्याब्रुङ) प्रशिक्षणमा २५ जना सहभागीह्रु रहेकाछन ।फिदिम स्थित किराँत याक्थुङ चुम्लुङ पाँचथर शाखाको भवनमा गत मङ्सिर १५ गतेदेखि जारी च्याब्रुङ प्रशिक्षण मङ्सिर २५ गते सकिनेछ । उक्त प्रशिक्षणमा पाँचथर, तेह्रथुम र ताप्लेजुङका गरी २५ जना सहभागी रहेको चुम्लुङ पाँचथर शाखाका सचिव सुबास तुम्बापोले जानकारी गराएकाछन । सहभागीहरुमध्ये अधिकांश युवा युवती छन् । कार्यक्रममा तालिमका प्रशिक्षक एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक लोहोरुङ राई, प्रतिष्ठानका प्रशिक्षक एवं कलाकार यासेली योङहाङ र सहायक प्रशिक्षक वुद्धराज इङ्वाले प्रशिक्षार्थी कलाकारहरुलाई प्रयोगात्मक तथा सैद्धान्तिक अध्यापन गराउँदै आएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button