२७ मंसिर २०७८
newsofnepal
एजेन्सी ।
अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।घाइते भएका मध्ये एक जनाको घटनास्थलमै मृत्यु भएपनि बाँकी तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरुको भनाई छ ।
सवै घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना आइतबार राती भएको हो । भिडभाड र हल्ला भइरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।



