मूल खबर

संसद बैठकमा एमालेको विरोध,अर्को बैठक पुस ६ मा,प्रतिनिधि सभामा ६ वटा अध्यादेश पेश

२८ मंसिर २०७८
न्युज अफ नेपाल, काठमाडौ‌ं ।

प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । आज मंगलबार बसेको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारबाही कार्यसूची अगाडि बढाएका हुन।

प्रतिपक्षी दलको अवरोधबीच संसद्‍मा केही अध्यादेश पेश भएका छन् ।न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button