मूल खबर

ख्रीष्टियनलाई भोट बैंक मात्र बनाएकाले नयाँ पार्टी खोल्छु: महासंघ अध्यक्ष गहतराज

ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि. बि. गहतराजले आवश्यकता परे नयाँ पार्टी खोल्ने बताउनु भएको छ ।

इसाई समुदायलाई ठुला पार्टीले खल्तीको भोट बैंकमात्र बनाएकोले आवश्यकता परे नयाँ पार्टी खोल्ने अध्यक्ष गहतराजले खुल्ला चुनौती दिनु भएको हो ।

राजनीतिमा ख्रीष्टियन विचार समुहले राजधानीमा आयोजना गरेको ख्रीष्टियनहरूको पहिचान र हक तथा अधिकार स्थापित गर्न राजनीतिमा पहुँच बिषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गहतराजले अहिले दिनप्रतीदिन धर्मनिरपेक्षता माथी प्रहार भैरहेकोले इसाई समुदायको राजनीतिक पहुँच नहुदा अल्पसंख्यक धार्मिक समुदायमाथी मुलुक धर्मनिरपेक्ष राष्ट्र घोषणा भैसक्दा पनि लगातार बिभेद भैरहेकोले बताउनु भएको छ।

पछिल्लो समयमा सरकार इसाइप्रति नकारात्मक बन्दै गएकोले धर्म प्रचारलाई राजद्रोह गरेको भन्नु र धर्म प्रचार गरैकै भरमा धर्म गुरुलाई प्रक्राउ गर्नु कहाँको धार्मिक स्वतन्त्रता हो उनले प्रश्न गरेका छन् ।

“ख्रीष्टियन समुदायको आधारभुत आवश्यकता, समाधीस्थल, पहिचान सहितको सार्बभौमिक मौलिक अधिकारको संस्थापन गर्न नसक्नु राज्यको लाचारीपन भएको राष्ट्रिय मण्डली संगतिका सचिव वीर बहादुर तामाङले बताए । त्यसैगरी महासंघका प्रवक्ता प्रेम कार्कीले राज्यले ख्रीष्टियन समुदायलाई विखण्डनकारी र धर्म प्रचारकसँग जोडेर चुनावको बेलामात्र अधिकारको नाममा भोट बैंकमात्र प्रयोग गरेको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button