खबर

हैटीमा भूकम्पः दुई जनाको मृत्यु, २ सय घर ध्वस्त

एजेन्सी ।

दक्षिण पश्चिम हैटीमा भूकम्प जाँद कम्तिमा दुई जनाको मृत्यु भएको छ । ५ दशमलब ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाईते भएका छन् । भूकम्पपछि परकम्पहरु आइरहेका छन् ।

राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको छ । भूकम्पको केन्द्र बिन्दु रहेको निपिज जिल्लामा २०० घर ध्वस्त भएका छन भने ६०० घर तथा टहरमा क्षति पुगेको छ । भूकम्पमा घाईते ५० जनाको उद्दार गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button