कला

चलचित्र निर्देशक रेशराज आचार्यको निधन

काठमाडौं ।

चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ। हृदयघातका कारण बुधबार बेलुकी आचार्यको निधन भएको चलचित्र निर्देशक समाजले जनाएको छ। एकवर्षदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो।

उनको उपचारको क्रममा ओम अस्पतालमा बुधबार बेलुकी निधन भएको हो। चलचित्र तिलहरीबाट निर्देशन यात्रा सुरु गरेका उनले टुहुरो, माटो बोल्छ, बन्धन, आमा, मन मुटु र माया,लगायत दर्जन बढी चलचित्रमा निर्देशन गरेका छन्।

उनले चलचित्रसँगै टेलिसिरियल पनि निर्देशन गरेका छन् । उनको बिहीबार नै आर्यघाटमा अन्त्येष्टि गरिएको छ। आयार्यका श्रीमती र एक छोरा छन्।न्युज अफ नेपाल,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button